सरकारले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा नियमित जाँच गरी गर्भवती गराएमा रु एक हजार पुरस्कारको घोषणा गरिरहेका बेला यस्तो निर्णय आएको हो । घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैलाई खतरा हुने र अकालमै मृत्यु हुने समस्या गाउँमा बढेपछि आफूहरुले यस्तो अभियान थालेको बराह- २ की मनिसरा गुरुङले बताउनुभयो ।
पाँच महिनादेखि यस्तो अभियान थालेका महिलाले गाउँमा कसैको घरमा गर्भवती भएको खण्डमा समयसमयमा आफूहरु नै गएर चेतना फैलाउने काम समेत गरेका छन् । विगतमा बराह गाविसकै वडा नं. ८ मा घरमै सुत्केरी भएर आमा र बच्चा दुवैको मृत्यु भएको थियो भने वडा नं १ मा समेत त्यस्तै घटना भएपछि गाउँमा गठन गरिएको महिला सञ्जालमा आबद्ध महिलाले गाउँका अन्य महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन बाध्य होऊन् भन्दै यस्तो निर्णय गरिएको हो–गाविसस्तरीय महिला सञ्जालकी अध्यक्ष जैकला शाहीले भन्नुभयो ।
Gaijatra 2011
Gaijatra special
Miss Nepal
2011