
कृष्ण जलन "बेसहारा"
फुजेल,१ - खुदीटार, गोरखा
हाल: दुबई यु.ए.ई.
शान्त भूमि बुद्द्धको देश जलेकै छ अझै पनि
वीरले रगत पोखेको देश गलेकै छ अझै पनि !
भाषण मात्र धेरैभए देशमा शान्ति ल्याउछु भन्ने
हत्या हिंसा गोला बारूद चलेकै छ अझै पनि !
मेटिए कि सम्झौतामा लेखिएका पंति हरु
थोरै बिरोध तर टायर बलेकै छ अझै पनि !
युद्धकालमा कतिमरे आमाका काख रित्तै भए
बिना कारण निर्दोष शरीर ढलेकै छ अझै पनि !
गणतन्त्र आएपछी सबै समान हुन्छ भन्थ्यौ
घुसखोरी र अत्याचार त चलेकै छ अझै पनि !
नेता जति कुर्सि मोही जनामा छ छोई छिटा
परिवर्तित खोक्रो भाषण चलेकै छ अझै पनि !
{शान्त भूमि बुद्धको देश जलेकै छ अझै पनि
वीरले रगत पोखेको देश गलेकै छ अझै पनि !!}