News
Latest Update :
Home » » बसमा बन्दुकधारीको आक्रमण, १८ यात्रुको ज्यान गयो I

बसमा बन्दुकधारीको आक्रमण, १८ यात्रुको ज्यान गयो I

एजेन्सी, पाकिस्तानको कोहिस्तानमा बन्दुकधारी समुहले बसमा आक्रमण गर्दा १८ यात्रुको ज्यान गएको छ । घटनामा ७ जना घाइते भएका छन् ।
रावलपिन्डीबाट गिलगिट तर्फ गइरहेको बसमाथि सडक आसपास लुकेर बसेका बन्दुकधारीले आक्रमण गरेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
बसमा रहेका सबै यात्रु शिया समुदायका रहेको र बस सुन्नी आदिवासी क्षेत्रबाट गईरहेको भएपनि आक्रमणमा सुन्नि समुहको हात थियो या थिएन भन्ने यकिन भईनसकेको प्रहरीको भनाई छ । -एजेन्सीको सहयोगमा



Share this article :