News
Latest Update :
Home » , » अमेरिकामा थकाली पर्व तोरन्ल्हा

अमेरिकामा थकाली पर्व तोरन्ल्हा

जता पुगे पनि कला, संस्कृति र पर्वलाई कहाँ छाड्न सकिन्थ्यो र ! त्यसैले त अमेरिकामा पहिलो पल्ट तोरन्ल्हा पर्व मनाउन देशको विभिन्न कुनामा रहेका थकालीहरु जम्मा भए अमेरिकाको राजधानी डिसी नजिकै बाल्टिमोर शहरमा ।

हिमालपारी मुस्ताङका थकाल्नीहरुको परम्प्रागत पहिरन नाँकोन चोलो, टेखी, गलामा हरियो तिलहरी, अनि सुन तथा मुगाका झपक्का मालामा सजिएका सहभागीहरुले नेपालकै झल्को दिएका थिए । पुरुषहरु पनि थकाली दौरा सुरुवाल, इष्टकोट र पाल्पाली ढाका टोपीमा ठाँटिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले नेपालमा थकाली जाति सम्पन्नमा पर्ने भन्दै काठमाडौंको दरबारमार्गमा जस्तै थकाली खाना संसारभर पुगोस भनेर शुभकामना दिए ।

नेपालमा थकाली खानाका निकै पारख गरिए पनि थकाली (शेरचन, भट्टचन, तुलाचन, गौचन) को यो पर्वबारे कमै चर्चा हुने गर्छ । तर, आफ्नो पर्व मनाउन सयौ किलोमिटर टाढाबाट थकालीहरु जम्मा भएका थिए । विदेशमा रहेर नेपाली संस्कृति र पर्यटन प्रवर्धन गरेको भन्दै थकाली समाज अमेरिकालाई दुतावासको तर्फबाट राजदुत शर्माले प्रदान गरेको प्रशंसापत्र बयोबृद्ध थकाली गोविन्द शेरचनले पढेर सुनाएका थिए । पेन्सिलभानियाबाट आएका चार्टर्ड एकाउन्टेन्ट भिमप्रकाश भट्टचनले तोरन्ल्हाका बारेमा जानकारी दिएका थिएभने अबैतनिक महाबाणिज्य दुत प्रेमराजा महतले कार्यक्रममा शुभकामना दिए ।

सात बर्षीय बालिका शान्तिमाया शेरचनले गाएको नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा ओम तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
Share this article :