News
Latest Update :
Home » , , » बरिष्ठ सङ्गीतकार,सहित्यकार भीम बिरागको निधन I

बरिष्ठ सङ्गीतकार,सहित्यकार भीम बिरागको निधन I

गोपाल परियार, काठमाडौँ, फागुन १५,

नेपाली सङ्गीत क्षेत्रमा तीन दशक देखि छाएका स्रष्टा भीम बिरागको आज बिहान पाटन अस्पतालमा दुखद निधन भएको छ ।यसअघि उनलाई भदौ ८ गतेदेखि २७ गतेसम्म काठमाडौंस्थित कान्तिपुर अस्पतालको आईसीयूमा उपचार गराई हेटौंडा ल्याइएको थियो।

हेटौंडा स्थाई हुनुभएका विराग लामो समयदेखि मधुमेह रक्तचापसहित पिसाब र छातीमा संक्रमण देखापरेका स्वास्थ्य समस्याका कारण उपचारका लागि पाटन अस्पतालमा फेब्रुरी १४ तारिक मा पाटन अस्पतालमा भर्ना गरियको थियो ।



खास नाम भीमबहादुर महर्जन रहेका विरागको जन्म वि.सं.१९९१, माघ १५ गते, माईस्थान, वीरगंजमा भएको थियो । साहित्यकि क्षेत्रमा उच्च योगदान गर्नुभएका विरागले पत्रकारितासमेत गर्नुभएको थियो ।



बरिष्ठ कला साधक भीम बिराग माृतूमि साहित्य समाज मकवानपुरद्धारा लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मानितसमेत हुनु हुन्छ ।
Share this article :