
मुम्बई, फागुन ३०, (एजेन्सी)
सन्नी देवलको जो बोले सोनिहाल फिल्ममा हिरोइन रहेकी नुपुर मेहता यतिखेर विवाद र चर्चाको घेरामा छिन्। बेलायती पत्रिका सन्डे टाइम्सले भारत पाकिस्तानबीचको क्रिकेटमा म्याच फिक्सिङ प्रकरणमा यी नायिकालाई जोडेपछि उनी चर्चामा रहेकी हुन्।
२०११ को विश्वकपको सेमिफाइनलमा पाकिस्तानी खेलाडीसँग म्याच फिक्सिङ गराउन मेहता सक्रिय रहेको पत्रिकाले छाप्यो।
विवादमा तानिएपछि मेहताले आफ्नो संलग्नता अस्विकारमात्र गरिनन् पत्रिकाविरुद्ध मुद्दा नै हाल्ने बताइन्। सन्डे टाइम्सले उनको तस्बिरसहित समाचार छापेको थियो। ुफोटो चाही मेरो हो तर लेखिएका कुराहरु आधारहीन छन्,ु उनले दावी गरिन्, मेरो फोटो पब्लिसिटी स्टन्टका लागि प्रयोग भएको छ। मलाई म्याच फिक्सिङको केही थाहा छैन न त मेरा कोही क्रिकेटर साथी नै छन्।
पत्रिकाले उनलाई पाकिस्तानी खेलाडीलाई कमजोर खेल्न र रकम दिन सक्रिय रहेकी आरोप लगाएको छ। पत्रिकाले अन्तराष्ट्रिय क्रिकेट काउन्सिललाई उनीबारे थुप्रै जानकारी रहेकोसमेत दावी गरेको छ।
Gaijatra 2011
Gaijatra special
Miss Nepal
2011