
देशका अधिकांश ठाउँमा होली विभित्र रङ र अबिर दलेर मनाइने गरिन्छ । अझ अचेल होली आउनु १० दिनअघिदेखि नै लोला हान्ने गरिन्छ । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस हुन्छ । तर, भक्तपुरवासीले भने फरक तरिकाले होली मनाएका छन् । दत्तात्रय मन्दिरअगाडि रहेको भीमसेनको मन्दिरमा काठबाट बनेको मानव आकारको लिङ्ग अर्थात् लग र रातो कपडामा बनाइएको गुप्ताङ्ग आकारको कपडालाई जुधाएर यौन समागमको सङ्केत गर्दै होली मनाइएको छ । भक्तपुरमा होली पूर्णिमाअघि फाल्गुनशुक्ल अष्टमीका दिन अर्थात् यही फागुन १८ गते भीमसेनमन्दिरमा राखिएको लिङ्ग अर्थात् लगलाई टोलटोलमा घुमाएपछि होली पर्व सुरु भएको थियो ।
लगलाई स्थानीयवासीले टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखेपछि विधिवत्रूपमा होली सुरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पाटीमा ल्याएर झुन्ड्याइएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने गर्छन् र पूजा तथा पैसा चढाएर जाने गर्छन् ।
करिब दुई हात लामो र करिब ३० इन्च मोटाइको काठबाट बनेको लिङ्गलाई भक्तपुरका बासिन्दाले भीमसेनको लिङ्ग र कपडाबाट बनाइएको प्वाललाई द्रौपदीको गुप्ताङ्गका रूपमा लिने गरिएको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेलले बताए । धौभडेलले भने, ‘नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगु भनिन्छ, चीर स्वायगु अर्थात् लिङ्ग घुमाएपछि फागु पर्व सुरुआत भएको मानिने परम्परा छ ।’
होली पर्व सुरु भएको भोलिपल्ट अर्थात् फाल्गुनशुक्ल नवमीको दिन भीमसेनको लिङ्गलाई दुईजनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरि रहेका घर, पसलपिच्छे दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाइएको लिङ्गलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गर्छन् । लिङ्गको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्णबहादुर गायजुले बताए ।
‘भगवानको लिङ्गलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसलपसलमा लिङ्ग लगिएपछि मानिसहरू दक्षिणा राखेर ढोग्छन्,” उहाँले भत्रुभयो । बजार घुमाएर ल्याइएको लिङ्ग र महिलाको गुप्ताङ्ग आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा सात दिनसम्म झुन्ड्याउने गरिन्छ । झुन्ड्याइएको लिङ्ग हल्लाउँदा महिलाको गुप्ताङ्ग आकारको कपडाको प्वालभित्र छिर्ने गर्छ । यसलाई भीमसेन र द्रौपदीको यौनसम्बन्धका रूपमा लिइने गरेको संस्कृतिकर्मी धौभडेलले बताए ।
“साङ्केतिकरूपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ,” उनले भने । पाटीमा राखिएको काठको लिङ्ग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लागेको थियो ।
लिङ्ग झुन्ड्याइएपछि यहाँको नेवार समुदायले भीमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा छ । विशेषगरी होलीभर शनिबार र मङ्गलबार भीमसेनमन्दिरमा भव्य मेला लाग्न गर्छ । यहाँको गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गर्छ । “भीमसेन देया लज खङ्गलो वनला ल्यासे बिस्युवाने म्वायक सो झायला” अर्थात् भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनू भयो कि” जस्ता गीत गाउने गरिन्छ ।
फाल्गुनशुक्ल पूर्णिमाका दिन आज भक्तपुरका बासिन्दाले दिनभर रङको होली खेलेपछि आजै साँझ भक्तपुर तलेजुबाट निकालिएको कृष्णको खट नगर परिक्रमा गराउँदै दत्तात्रय अगाडिको भीमसेनको मन्दिरबाट ल्याइएपछि मन्दिरमा झुन्ड्याइएको लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा ल्याएर राखेपछि भक्तपुरमा मनाइने होली पर्व सम्पत्र हुने गरेको धौभडेलले बताउनुभयो ।
छोरा नहुनेले उक्त लिङ्ग बोकेर ब्रह्मायणीसम्म लगेमा छोरा हुन्छ भत्रे जनविश्वास यद्यपि रहेकाले मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुने गरेको स्थानीयवासी बताउँछन् । भीमसेनको मन्दिर जगत्प्रकाश मल्लको समयमा बनेकाले यो परम्परा पनि यही बेलादेखि सुरुआत भएको हुनसक्ने धौभडेलले बताए । रासस
Gaijatra 2011
Gaijatra special
Miss Nepal
2011