News
Latest Update :
Home » , » आगामी राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा

आगामी राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा

महेन्द्रनगर, फाल्गुन १९ - आगामी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय खेलकुद परिषद्को विहीवार राती धनगढीमा सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

‘देशका बिभिन्न क्षेत्रमा बृहत खेलकुद प्रतियोगिता आयोजना गर्दै जाने योजना अन्तर्गत आगामी राष्ट्रिय खेलकुद पुर्वाञ्चलमा आयोजना गर्ने निर्णय भएको हो,’ शुक्रवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले भने, ‘छैठौ राष्ट्रिय खेलकुद समापन समारोहका अवसरमा आइतवार पुर्वाञ्चललाई आगामी राष्ट्रिय खेलकुद आयोजना गर्न झण्डा हस्तान्तरण गरिनेछ ।’ उनले निर्धारित समय मै आगामी राष्ट्रिय खेलकुद आयोजना गर्न मन्त्रालय र परिषदले समय मै पुर्वाधार निर्माणको काम थाल्ने बताए ।

छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत महेन्द्नगरमा आयोजना भएको भारत्तोलन तथा ते क्वान्डो खेलमा टिम च्याम्पियन भएको नेपाल प्रहरी टोलीको सम्मानमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री अछामीले छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नदिन बिभिन्न षडयन्त्र भएको बताए । ‘मुलुकको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता हुनै नदिन अन्तिम समयसम्म पनि बिभिन्न षडयन्त्र भइरहेको थियो’ उनले भने । उनले सरकार, मन्त्रालय र परिषद्को प्रयासले प्रतियोगिता आयोजना सम्भव भएको दावी गरे ।

उनले सरकारले हाल खेलकुदका लागि दिने गरेको बजेट अत्यन्त न्यून भएको उल्लेख गर्दै देशव्यापीरुपमा खेलकुदको भौतिक पूर्वाधार निर्माणका लागि २ अर्व को बजेट प्रस्ताव गरि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

‘खेल क्षेत्रका लागि राज्यले गर्नुपर्ने संरक्षण र बजेटको स्केल अप्रर्याप्त छ’ उनले भने, ‘छैटौं राष्ट्रिय खेलकुदका कमि कमजोरी र उपलव्धीको समिक्षा गरि आगामी योजना तथा बजेट तर्जुमा गरिने छ ।’
Share this article :