News
Latest Update :
Home » » एकीकृत नेकपा माओवादी एसियाकै धनी पार्टी भएको नेता नेपालको दावी

एकीकृत नेकपा माओवादी एसियाकै धनी पार्टी भएको नेता नेपालको दावी

डिसीनेपाल डटकम संवाददाता - नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत नेकपा माओवादी एसियाकै धनी पार्टी भएको दावी गर्नुभएको छ। थिमीस्थित कृषि विकास बैक कर्मचारी संघको केन्द्रीय परिषद्को उद्‍घाटन गर्ने क्रममा उहाँले माओवादी पार्टी एसियाकै धनी पार्टी भएर पनि लडाकुको पैसा समेत खोसेर विश्वकै धनी पार्टी बन्ने सपना देख्दा आफैँ खाडलमा परेको बताउनुभएको छ।

माओवादीले हतियारको मोह नत्यागेसम्म शान्ति प्रक्रिया टुगो नपुग्ने दाबी गर्दै नेपालले जेठ १४ भित्र पनि संविधानको मस्यौदा जारी गर्न नसके संविधान सभाको म्याद थप्न नहुने बताउनुभयो। उहाँले एकीकृत नेकपा (माओवादी)ले शिविर खाली गर्न ढिलो गरेकाले शान्ति प्रक्रियाले गति लिन नसकेको बताउनुभयो। नेता नेपालले अल्पसङ्ख्यक र सीमान्तकृत जनताको भावना नसमेटी नयाँ संविधान बनाइए ती जनताले फेरि विद्रोह गर्नसक्ने बताउनुभयो।
Share this article :