News
Latest Update :
Home » » अर्न्तराष्ट्रिय फेस्टिभलमा नेपाली फिल्मको फड्को I

अर्न्तराष्ट्रिय फेस्टिभलमा नेपाली फिल्मको फड्को I


काठमाण्डौ, फाल्गुन २९,

केहि बर्ष पहिले एकाध नेपाली फिल्म बिदेशी फिल्म फेस्टिभलमा जान्थे तर अहिलेको पछिल्लो समयमा नेपाली चलचित्रहरूले बिदेशी फेस्टिभलमा भाग लिने क्रममा तिब्रता देखिएको छ । छोटा फिल्महरू त बेलाबेला बिदेशी फेस्टिभलमा पुग्ने गरेका थिए तर अहिलेको समयमा ठूला फिचर फिल्मले पनि राम्रै स्थान पाईरहेको हामीले देखेका छौं ।

छोटा फिल्महरू त बेलाबेला बिदेशी फेस्टिभलमा पुग्ने गरेका थिए तर अहिलेको समयमा ठूला फिचर फिल्मले पनि राम्रै स्थान पाईरहेको हामीले देखेका छौं । दुई बर्ष अगाडी उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा सन्देशले सहभागिता जनाएको थियो । गत बर्षको अक्टुबरमा दक्षिण कोरियाको ग्वान्जुमा चलेको अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा मैनाले पनि आफ्नो सहभागीता जनायो । यथार्थ घटनामा आधारित मैनालाई धेरैले रूचाएको निर्देशक पाठकले जानकारी समेत गराएका थिए । यस्तै १३ औं मुम्बई इन्टरनेश्नल फिल्म फेस्टिभलमा भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' ले सहभागिता जनायो भने गोवा फिल्म फेस्टिभलमानेपाली चलचित्र 'पल' छनौटमा पर्‍यो । अमेरिकामा आयोजना भएको एक्सन फिल्म फेस्टिभलमा गोर्खा रक्षकले त अवार्ड पनि हात पार्‍यो । त्यस्तै केहि दिन अगाडी मात्र ६२ औं बर्लिन फिल्म फेस्टिभलमा हाईवेले सहभागीता जनायो ।

नेपाली चलचित्र अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा पुग्ने क्रममा सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल' यहि मार्च महिनाको १६ तारिखका दिन जापानमा हुने ओशाका एशियन फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै छ । नेपालमा अझै पनि चलिरहेको जातिय भेदभाब तथा छुवाछुतको कथामा आधारित सो चलचित्रका निर्देशक सुब्बा र नायक तथा प्रस्तुतकर्ता यश कुमार उक्त फेस्टिभलमा सहभागी हुन मार्च १५ मा जापान पुग्दै पनि छन् । बाटोमुनिको फूल चलचित्र जापानमा प्रदर्शनको लागि एसिया फ्रेण्डशिप एसोसियसनले प्रतिलिपी अधिकार लिएको छ । उक्त चलचित्रलाई जापानिज भाषामा अनुवाद समेत गरिएको छ ।

यसरी नेपाली चलचित्रले अर्न्तराष्ट्रिय स्तरमा व्यवसायिक फड्को मात्र हैन बिभिन्न फेस्टिभलमा सहभागीता जनाउने फड्को पनि मारिरहेको छ । तर बिश्वका ठूला ठूला फेस्टिभलमा भने नेपाली चलचित्रको पहुँच अझै पुग्न सकेको छैन सिवाय 'हाईवे' । आशा गरौं भोलीका दिनमा नेपाली चलचित्रले अर्न्तराष्ट्रिय स्तरका ठूला ठूला फेस्टिभलमा पनि सहभागीता जनाएर नेपाल र नेपाली चलचित्रको शिर ठाडो बनाउनेछ ।फिल्मीखबर
Share this article :