
त्यसैषरी पुरुष क्रिकेट तर्फ सशस्त्र प्रहरी बलले स्वर्ण जितेको छ । सशस्त्र र मध्यमाञ्चलबीच महेन्द्रनगरको कवर्ड हल क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा खेलमा सशस्त्रले मध्यमाञ्चललाई छ विकेटले पराजित गरी स्वर्ण पदक प्राप्त गरेको हो ।
पहिलो ब्याटिङ गर्दै मध्यमाञ्चलले २० ओभरमा १ सय ४४ रन लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै १८ ओभर ३ बलमा चार विकेटको क्षतीमा सशस्त्रले लक्ष्य हाँसिल गरेको थियो ।