News
Latest Update :
Home » , » कोरियाको नामी इजलेन्डमा नेपाली झन्डा

कोरियाको नामी इजलेन्डमा नेपाली झन्डा

सियोल , मंसिर ८ - दक्षिण कोरियाको राजधानी सियोलबाट ६३ किलोमिटर उत्तरस्थित नामी इजलेन्डमा नेपाली झन्डा फहराइएको छ । दैनिक हजारौं पर्यटक आवागमन हुने उक्त इजलेन्डमा संसारका ७० देशका झन्डाहरू फहराइएका छन् ।

नेपाल कोरिया सांस्कृतिक मञ्चका अध्यक्ष रमेश श्रेष्ठ र पत्रकार पुरु जोशी नेतृत्वको २४ जना नेपाली युवा समूहले आइतबार एक कार्यक्रम गरी त्यहाँ चल्ने जहाजमा नेपाली झन्डा गाडेका हुन् । आफू तेस्रो पटक जाँदा पनि नेपाली झन्डा नदेखेकाले त्यहाँको सूचना केन्द्रमा निवेदन दिएर झन्डा गाड्ने अनुमति लिएको पत्रकार जोशीले बताए ।

सन् २००२ मा केबीएस टिभी च्यानलद्वारा 'विन्टर सोनाटा' नामक ड्रामा छायांकनपछि चर्चामा आएको यस इजलेन्डमा २०१० मा युनिसेफले चाइल्ड पार्क निर्माण गरेको छ ।
Share this article :