
एक स्ट्रोकको अग्रतासहित अन्तिम दिनको खेल सुरु गरेको शिवरामले आरएनजीसीमा कमजोर प्रदर्शन गर्दै ३ ओभर ७० स्कोरको कार्ड बनाएपछि ४२ बषर्ीय रमेशको उपाधि यात्रा सहज भयो । इभन पार ६७ खेल्दै रमेशले ५४ होल २ अन्डर १ सय ९९ मा टुंग्याए । अघिल्ला दुई दिन शीर्षस्थानमा रहेका शिवरामले समग्रमा इभन पार २ सय १ को स्कोर बनाए ।
'शिवरामको तुलनामा मैले कम गल्ती गरे', रमेशले भने, 'त्यसैले जित संभव भयो । दुई बर्षपछि उपाधि जित्न पाउँदा निक्कै खुशी लागेको छ ।' उनले थपे, 'उनी मेहनती र उत्कृष्ट खेलाडी हुन् । राम्रो अवसर पाएकाले अनुभवी भइसकेका छन् । त्यसैले उनलाई हराउन गाह्रो हुन्छ । यस्तोमा उनले मैलेभन्दा बढी गल्ती गरे । प्रतियोगितापूर्व उपाधि जित्ने सोचेको थिएन । राम्रो खेल्ने योजना थियो ।'
'मैले धेरै गल्ती गरे । शट राम्रो हान्न सकिन', शिवरामले भने, 'रमेश दाईले राम्रो खेल्नुभयो । त्यसैले हारे ।' नेपाली व्यावसायिक गल्फको कीर्तिमान १७ उपाधि जितेका उनले थपे, 'यी गल्ती अर्को प्रतियोगितामा दोहोर्याउने छैन । सुधार गर्दै थप उपाधि जित्ने लक्ष्य छ । त्यसका लागि कडा मेहनत गर्नेछ ।' सूर्य नेपाल गल्फ टुर-२०११/१२ को अन्तिम अर्थात् ११ औं प्रतियोगिता टुर च्याम्पियनसिप दुई सातापछि हुनेछ ।
आरएनजीसीका प्रो रमेशको १७ बर्षे व्यावसायिक गल्फ यात्राको छैटौं उपाधि हो, यो । ठीक दुई बर्षअघि उनले प्रेसिडेन्ट्स कपको पहिलो संस्करण जितेका थिए । त्यसअघि उनी इस्टर्न ओपन, पोखरामा सन् १९९९ र २००३ मा च्याम्पियन भएका थिए । दुई बर्षयता कोर्समा कम स्ट्रोक खेल्न संघर्षरत्
रमेशले भने, 'अब राम्रो लयमा फर्केको छु । यो सफलताले टुर च्यापिम्पयनसिपको लागि आत्मविश्वास बढाएको छ । राम्रो गर्न जाँगर र हौसला थपेको छ ।'
अन्तिम दिन शिवरामले एकपछि अर्को गर्दै निरन्तर गल्ती गरिरहे । दोस्रो होलमै सीमाबाहिर बल हानेपछि बोगीमा परे । उनले ७, १०, १३, १६ र १८ औंमा पनि बोगी खेले । उनले दसौं होलमा प्रहार गरेको पटिङ शटमा बल गि्रनबाहिर पुगेको थियो । 'आक्रमक खेल्दा १६ औंमा बल ह्याजर्डमा गयो । पेनाल्टीमा परेपछि बोगी बेहोरे । त्यसैले पछि परे ।', शिवरामले भने । उनले ३, ४ र १५ औं हेालमा बर्डी गरेका थिए ।
रोमाञ्चक होड दोस्रो होलमै बर्डी खेलेपछि रमेश शिवरामलाई उछिन्दै एक स्ट्रोकले अघि बढेका थिए । शिवरामले बर्डी गरेको तेस्रोमा बोगी बेहोरेपछि रमेश फेरि पछि परे । उनले चौथोमा इगल खेल्दै बराबरीमा पुगे । छैटौं होलमा बोगीमा परेपछि उनी एक शट पछि परे । सातौंमा शिवराम बोगीमा परेपछि फेरि स्कोर बराबर भयो ।
दसौंमा रमेश पार खेल्दै अघि बढे । लगत्तै उनी बोगीमा परेपछि शिवराम पार खेल्दै बराबरीमा फर्के । १२ औंमा बर्डी गर्दै रमेशले अग्रता लिए । अर्कोमा शिवराम बोगीमा परेपछि रमेश दुई स्ट्रोक अघि रहे । रमेशले बोगी खेलेपछि १५ औंमा बर्डी गर्दै शिवराम स्कोर बराबर बनाएर खेलमा फर्के । त्यसपछि १६ र १८ औंमा शिवराम बोगीमा परेपछि रमेशको यात्रा सहज बन्यो । रमेशले अन्तिम ३ होलमा पार खेले ।
प्रकाशित मिति: २०६८ फाल्गुन ४ ०९:४६